चार राशीका युवतीहरु जस्ले पुरुषलाई आकर्षित गर्न सक्छन् । जान्नुहोस ति कुन-कुन हुन् ?



काठमाडौँ, पुस १७, २०७४ : १२ राशीमध्ये चार राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् । हुन त पुरुषहरु महिलाको सुन्दरताका कारण नै आकर्षित हुने बताइन्छ ।

मिथुन राशी :  मिथुन राशी भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशी भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहरु सँग धेरै उमेरसम्म जवान देखिन सक्ने क्षमता पनि हुन्छ ।

वृष राशी : वृष राशीभएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशी : वृश्चिक राशी भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशी : मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्