फरक अवतारमा शाहरुख ‘जिरो’ (टीजर)



काठमाडौँ, पुस १८, २०७४ : २०१८ को शुभकामना सहित शाहरुखले आफ्ना प्रशंसकलाई फिल्म ‘जिरो’ नाम र टीजर सार्वजनिक गरेका छन । नयाँ फिल्म ‘जिरो’को टीजरमा शाहरुखको फरक अवतारले सबैलाई चकित बनाएको छ । जुन अहिले सामाजिक सञ्जालमा खुब भाइरल भएको छ ।

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माले अभिनय गर्ने यो फिल्मलाई आनन्द एल रायले निर्देशन गर्दैछन् । यस फिल्मलाई २०१८ को डिसेम्बर २१ मा रिलिज गर्ने घोषणा गरिएको छ ।

टीजरको अन्तिममा शाहरुख भन्छन्, ‘म जसको पछि लाग्छु, लाइफ बनाइदिन्छु ।’ फिल्मको बजेट १ सय ६० करोड बताइएको छ ।

टीजर :-

प्रतिक्रिया दिनुहोस्