अन्तत सलमान र दीपिकाको रोमान्स फिल्म ‘भारत’ मा



काठमाडौँ, पुस १७, २०७४ : अब्बास जफरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘भारत’मा सलमान खानको अपोजिटका लागि दीपिका पादुकोण हुन सक्ने भारतीय मिडियाहरुले जनाएका छन् । यो फिल्मलाई अतुल अग्निहोत्री र भूषण कुमारले निर्माण गर्दैछन् ।

फिल्मका लागि निर्माण टीमको पहिलो रोजाईमा दीपिका परेकी छिन् । यो फिल्ममा अली अब्बास अहिलेसम्म सलमानसँग पर्दामा रोमान्स नगरेको नायिका लिन चाहिरहेका छन् । यस भन्दा अघि पनि ‘प्रेम रतन धन पायो’, ट्यूबलाइट’मा सबैभन्दा पहिला दीपिकालाई अफर गरिएको थियो । तर, व्यस्त भएका कारण दीपिकाले सलमानसँग काम गर्न पाएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्