‘रुद्रप्रिया’ फिल्म युट्युबमा भाईरल



काठमाडौँ, पुस १७, २०७४ : नेपाली चलचित्रका लोकप्रिय नायिका रेखा थापा र नायक आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ बक्स अफिसमा नमज्जाले चिप्लियो । झन्डै ८ वर्षपछि पर्दामा फर्किएको यो जोडीको फिल्म असफल हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिएनन् । तर, फिल्म हलमा लागेको र उत्रिएको निर्माता स्वयंले पत्तो पाएनन् ।

यो फिल्म युट्युबमा आइसकेको छ । ३ दिन अगाडि इन्टरनेट रिलिज भएको यो फिल्ममाथी ९ लाख ८० हजारभन्दा बढीको नजर परिसकेको छ । हलमा रिलिज भएको छोटो समयमा प्रतिक्षीत भनिएको फिल्म युट्युबमा आएको ‘रुद्रप्रिया’ सम्भवत: पहिलो हो ।

विदेशबाट फिल्मको माग नहुनु र पाइरेसीको डरका कारण फिल्मको डिजिटल पार्टनर बुढासुब्बाले हतार-हतार ‘रुद्रप्रिया’लाई इन्टरनेट रिलिज गरेको हो । अहिले यो फिल्म नेपालको युट्युब ट्रेन्डिङ नम्बर ३ मा पर्न सफल भएको छ । २ हजारभन्दा बढी कमेन्ट प्राप्त फिल्मलाई धेरैले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मले उठाएको एसिड आक्रामणको कथालाई दर्शकले खुब रुचाएका छन् ।

सुदिप बबी भूपाल सिंह निर्देशित यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।

पूरा फिल्म हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्