‘लिलिबिली’ छायांकन सकियो



काठमाडौँ, पुस १६, २०७४ : लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको केही प्रतिशत छायांकन भने नेपालमै हुनेछ ।

युरोपियन देशमा झन्डै ५० दिनसम्म छायांकन चलेको यो फिल्ममा प्रदीपले नव-नायिका जसिता गुरुङसँग पनि रोमान्स गरेका छन् । फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । नेपाली नयाँ वर्षको अवसर पारेर यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्