‘रुपै मोहनी’ले बनायो नयाँ रेकर्ड



काठमाडौँ, पुस १६, २०७४ : फिल्म ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतले नयाँ रेकर्ड बनाएको छ ।  अहिले यो गीत नेपालको युट्युब ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । ‘रुपै मोहनी’ नेपालसँगै विभिन्न देशको युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्