‘कृ’ को गीत रिलिज



काठमाडौँ, पुस १६, २०७४ : अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को ‘यति यति पानी’ बोलको पहिलोगीत सार्वजनिक भएको छ ।

यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्