दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण



काठमाडौँ, १३ पुस (रासस) : त्रिभुवन विश्वविद्यालयले   आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको  छ ।

ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई  आमन्त्रण गरिएको उहाँले बताउनुभयो । उपकुलपति कुमार शुक्रबार नेपाल आउनुहुने कार्यक्रम छ ।

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ ।

समारोहमा विद्यावारिधितर्फ ६२  विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी  दीक्षित हुने भएका छन् । यस्तै करिब तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताउनुभयो ।

समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्