रनबीर कपुर र आलिया भट्ट सँगै काम गर्ने !



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-११

मुम्बई । बलिउड मा रनबीर कपुर र आलिया भट्टले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन् ।

निर्माता निर्देशक करण जोहरको फिल्म ब्रह्मास्त्रमा आलिया र रनबीरले पहिलो पटक सँगै काम गर्ने भएका हुन् । फिल्ममा महानायक अमिताभ बच्चन पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । अमिताभ बच्चनको जन्मदिन अक्टोबर ११ मा फिल्मका निर्माता करण जोहरले फिल्मको घोषणा गरेका थिए ।

करिब १५० करोड बजेटको यो फिल्म थ्री डीमा पनि बनाइने बताइएको छ । फिल्मलाई पहिला साधारण रुपमा खिचेर पछि थ्री डी मा रुपान्तरण गरिने फिल्मका निर्माताले जानकारी दिएका छन् ।

फिल्मलाई यस अघि वेक अप सिड र ये जवानी दिवानी निर्देशन गरेका निर्देशक आयन मुखर्जीले निर्देशन गर्ने भएका
छन् ।

प्रतिक्रिया दिनुहोस्