अभिषेक बच्चन ‘जिरो से हिरो’ मा अनुबन्धित



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-१५

मुम्बई । अभिनेता अभिषेक बच्चन लामो समयदेखि फिल्मबाट टाढा रहेका छन् । पछिल्लो फिल्म हाउसफुल-४ को सफलता पछि अभिषेकको हातमा कुनै फिल्म छैनन् ।

अभिषेकले खेलकुदसँग सम्बन्धित फिल्म ‘जिरो से हिरो’ मा काम गर्ने भएका छन् ।

निर्माता निर्देशक शब्बिर बक्सावालाले अभिषेकलाई सो फिल्मका लागि प्रस्ताव राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो फिल्म रग्वी खेलसँग सम्बन्धित हुने बताइएको छ । अभिषेकको स्वीकृति पछि अहिले फिल्मको कथा लेख्ने काम भैरहेको र छिट्टै शूटिंग सुरु हुने  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्