‘सुनकेशरी’ दोस्रो पोष्टर सार्वजनीक : डर लाग्दो लुक्समा ऋचा



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-१५

काठमाडौं । अष्ट्रेलियामा छायाँङ्कन भइरहेको चलचित्र सुनकेशरीको नयाँ पोष्टर सार्वजनीक भएको छ। सुनकेशरीको निर्माण अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापाको रहेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मालाई डरलाग्दो लुक्समा देखाइएको छ । अभिनेता अर्पण थापाको निर्देशन रहेको ‘सुनकेशरी’ लाई ऋचाले भीम न्यौपानेसँग मिलेर निर्माण गरेकी हुन्।

अष्ट्रेलियामा छायांकन सकिएको यो चलचित्रलाई सन् २०१८ अप्रिलमा रिलिज गर्ने तयारी गरीएको निर्माण टोलीले बताएको छ ।  पछिल्लो चलचित्र ‘सुनकेशरी’ सिड्नीस्थित एउटा पुरानो दरबारमा भूत रहेको बिषयमा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्