केपी ओली मोडल बनेको गीत भाइरल… (भिडियो सहित)



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-२८

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मुखैमा एमालेको पक्षमा भोट माग्दै नयाँ चुनावी गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित वरिष्ठ नेताहरुले समेत मोडलिङ गरेको गीतमा एटम बिद्रोही र टीका प्रसाईंले स्वर दिएका छन् । डम्बर ढकालको संगीत र एटम बिद्रोहीको लेखन रहेको सो चुनावी गीतको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायतले गीतमा मोडलिङ गरेका छन् ।

लोकलयमा आधारित गीत सामाजिक सञ्जालमा यतिखेर तहल्का मच्चाउदै भाइरल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्