भुलबस सलमान खानको बिए मार्कशीट लिक



परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-०७

उत्तर प्रदेश आगराको एक डिग्री कलेजमा विद्यार्थीको मार्कशिट समाचारहरुमा भाइरल भइरहेको छ कारण त्यसमा विद्यार्थीको तस्वीरको सट्टा बलिउड अभिनेता सलमान खानको फोटो छापिएको छ ।

सो कलेज आगरा युनिभर्सिटीबाट सम्बन्धन प्राप्त रहेको र समाचारबारे बुझ्दा अहिलेसम्म यसबारेमा केही उजुरी नभएको र यस्तो लापरवाही भए कारवाही गरिने कुरा आगरको आधिकारिक प्रवक्ता गरिजा शंकरले भनेका छन् ।

मार्कशीट अम्रता सिंह मेमोरियल डिग्री कलेज तेजपुर जिल्लाका बीए फस्र्ट ईयर विद्यार्थीको हो । मार्कशीटमा विद्यार्थीको रोल नम्बर र नाम समावेश छ भने फोटो चाँही सलमान खानको रहेको छ ।
साभार : हिन्दुस्तान

प्रतिक्रिया दिनुहोस्