सबैलाई रुवाउँदै जूनकिरी



परिवर्तन खबर, काठमाण्डौ २०७४-०९-१४

सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त गर्दछन, उनीहरुबिचको यहि समानताहरु र केही भिन्नताहरुलाइ बिम्बको रुपमा प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे र एक दशक जीवनकालको यात्रामा उसंग जोडिएका र छुट्टिएका केही पात्रहरुको कथा पनि संगसंगै बुन्दै लैजान्छे !

एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन भने कथाभित्र आमा बाबा र आफूले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गरिएको छ !
साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य,कबिता लगायत हास्य, करुणा, श्रृङगार, विर, रौद्र, विभत्स, भयानक लगायत लगभग अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ ।
नाटककी पात्र जूनकिरीले हाम्रै वरिपरि भैरहेको र हामीले दैनिक जीवनमा देखिरहेका, सुनिरहेका,भोगिरहेका र अनुभव गरिरहेका घटना र पात्रहरुको प्रतिनिधि भएर घटनाहरु लाई जीवन्त रुपमा रङ्ग मन्चन गर्ने भरपुर प्रयत्न गर्दछे !

आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा सॉंचिकै जूनकिरीले ज्योती छर्दै नाटक निकै शसक्त रुपमा प्रस्तुत भएको छ । अतः जुनकिरी त्यो नाटक हो जस्लाई हरेक तप्का र तहका हरेक बर्गले एकपटक हेर्नै पर्दछ ।

सर्वोत्कृष्ट जीवन :

शाश्वत चिन्तन तथा मानवसेवा आश्रमको साधिका समेत रहनु भएकी नानी थापाले अशक्त, अनाथ, अपाङ, असाहय एंव मनोरोगी  मानवहरूको उद्दार, औषधोपचार, पारिवारिक पुन:मिलनको सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमलाई आर्थिक सहयोग जुटाउने सोचले हेटौंडामा भाद्र २३ गते मञ्चन गरिएको थियो । अहिले  सिन्धुपाल्चोकको माझी बस्ती पुनर्निर्माणको  सहयोगार्थ भदौ २६ देखि असोज ५ सम्म राष्ट्रिय नाचघर जमलमा मा हरेक दिन २ र ५ बजे नियमित दुई शो प्रदर्शन भैरहेको छ !

प्रतिक्रिया दिनुहोस्