आगामी निर्वाचनप्रति मेरो धारणा



  • निशा न्यौपाने, काठमाडौँ

म एक इन्जिनियरिङ्गको विद्यार्थी जीवनको २० औँ वर्ष यसै भूमिमा बिताएर नेपालको एक सचेत युवाको रुपमा आफूलाई पहिचान गराउन सक्षम छु । देशमा विगत ७० वर्षदेखि अनेकौँ आन्दोलन, जनआन्दोलन र सशस्त्र संघर्षहरु भएका छन् । हजारौँ योद्धाहरुले आफ्नो जीवन बलिदान गर्नुभएको छ, हजारौँ योद्धा बेपत्ता हुनुभएको छ । हजारौँ घाइते र अंगभंग हुनुभएको छ । हजारौँको बलिदानी पश्चात् नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र रुपमा स्थापित भएको छ ।

कुनैपनि मुलुकको विकास राजनीतिक स्थिरता नभई सम्भव छैन । समय समयमा हुने बन्द, हड्ताल वर्षैपिच्छे फेरिने सरकारको कारण नेपाली युवाहरुमा राजनीतिप्रति नकारात्मक सोच तथा धारणाको विकास हुँदै गइरहेको छ । हामी आफ्नै वर्तमान समयलाई नियालेर हेर्दा केवल निराशा बाहेक अरु केही उपलब्धीहरु प्राप्त गर्न सक्दैनौँ । यसै कारण आउँदो पुस्ताको भविष्य अन्योलमा छ । जसका कारण आज देश विकास गर्न सक्ने लाखौँ युवाहरु विदेश पलायन भएका छन् ।

मेरो बुझाईमा राजनीति नै उच्चतम समाजसेवा हो । हामीले असल नेतृत्वको चयन गर्यौ भने सम्पूर्ण मुलुकनै विकासको रफ्तारमा अग्रसर हुनेछ । देशमा आमूल परिवर्तन सहि नेतृत्वले मात्र सम्भव छ । जसले राष्ट्रियताको रक्षा र सबै नेपाली बीच एकताको भावना विकास गर्न सक्छ । त्यसैले यही मंसिर २१ गते हामी युवाले पनि आफ्नो अमूल्य मतको सही प्रयोग गर्नुपर्छ ।

मलाई लाग्छ, नेपाल संघीय गणतन्त्र बन्नको लागि नेपालका कम्युनिष्टहरुले ठूलो योगदान दिएका छन् । प्रतिगामीहरुले कम्युनिष्ट सरकार भयो भने बुढापाका मार्छ भन्ने भ्रम छरे तर कम्युनिष्टको सरकार बुबाआमाको बुढेसकालको सहारा बन्न पुग्यो । आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने भावना हरेक युवाहरुको ढुकढुकी भएको छ । राष्ट्रियता भावनालाई ओतप्रोत पारेर देशलाई प्रगतिको बाटोमा हिडाउनको निम्ति कम्युनिष्ट सरकार सक्षम भएको छ । हामीलाई थाहा छ, कम्युनिष्टको सरकारले स्थायित्व पाएन भने चीनतिरको उत्तरी ढोका खोलीदैन र हामी अझै पनि नाकाबन्दीको सिकार नभइएला भन्न सकिँदैन । हामीलाई थाहा छ, नेपाल भुकम्पको पिडामा रोइरहेको बेलामा र हरेक नेपाली जनताको मनमस्तिष्कमा डर र त्रास छाइरहेको बेलामा एमाले सदैव नेपाली जनताको साथमा थियो ।

त्यसैले अहिलेको परिस्थितीमा आइपुग्नको निम्ति नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवाद लेनिनवादीको अत्यन्त अपरिहार्य भूमिका रहेको छ । आज हामी हाम्रो भावना निर्धक्क रुपमा पोख्न पाइरहेका छौँ । महिला र पुरुष हरेक क्षेत्रका तालमेल गर्दै विकासका कार्यक्रमहरुमा संलग्न भइरहेका छौँ, युवाहरुले देशको काँचुली फेरेको दिनप्रतिदिन नियालिरहेका छौँ । यी सबै नेपालमा कम्युनिजमको विकासका देनहरु हुन् । कम्युनिजमले हामीलाई हाम्रो अधिकारका बारेमा सिकाउँदै एक सभ्य र सु–संस्कृत जीवन व्यतीत गर्नका निम्ति प्रेरणाको स्रोत बनेको छ । त्यसैले देशका आमूल परिवर्तन तथा नयाँ रुपका निम्ति हामीले पक्कै पनि ने.क.पा. एमालेलाई एकपटक विश्वास गर्नु महत्वपूर्ण छ र आफ्नो अमूल्य मत सूर्यमा हाल्नका निम्ति जरुरत छ ।

“आजका युवाहरुको आह्वान सूर्यमा मतदान ।”

प्रतिक्रिया दिनुहोस्