नेपाल र पाकिस्तानबीच सीधा हवाईमार्ग संचालन गर्न पहल शुरु



अब नेपाल र पाकिस्तानबीच सीधा हवाई मार्ग सञ्चालनमा ल्याउन पहल शुरु भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा पाकिस्तानी राजदूत मजहर जावेदबीच यो विषयमा छलफल भएको हो ।

भेटवार्तामा राजदूत जावेदले पाकिस्तान नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकार समक्ष प्राथमिकताका साथ राख्ने बताए । उनले आपसी सहयोग र द्विपक्षीय हितका विषयमा अझ सबल बनाउदै जानुपर्ने बताए । भेटवार्तामा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने बताउँदै त्यसका लागि दुबै पक्षले पहल गर्नुपर्ने बताएका थिए ।

द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सके सम्बन्ध अझ फलदायी हुने विश्वास मन्त्री महराको छ । मन्त्री महराले दक्षिण एसियाली मुलुक पाकिस्तानसँग सधैं सुमधुर सम्बन्ध रही आएको भन्दै यसलाई अझ उचाइमा पुर्याउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्