घाँटी रेटिएको अवस्थामा भेटिएको महिला र बालिकाको शवको पहिचान खुलेन
रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो। शव भेटिएको चार दिन भयो। तर, पहिचान अझै खुलेको छैन। प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ।