नेपाल टेलिकमका सह–प्रवक्ता तोकिए



काठमाडौँ । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले सह–प्रवक्ताको जिम्मेवारी तोकेको छ। कम्पनीको केन्द्रीय कार्यालयअन्तर्गत प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक श्री प्रवेश थापालाई सह–प्रवक्ता तोकिएको हो।

नेपाल टेलिकमले सार्वजनिक गरेको प्रेस नोटअनुसार कम्पनीसम्बन्धी आमसञ्चारमाध्यममा आउने जानकारी तथा सम्पर्कका लागि थापालाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको हो।

सह–प्रवक्ता थापासँग सम्पर्क गर्न कार्यालय नम्बर ०१–४२१०२९६, मोबाइल नम्बर ९८५१३६९४५२ तथा इमेल ठेगाना [email protected] रहेको कम्पनीले जनाएको छ।

प्रेस नोटमा नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्