
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा १६ का प्रकाश धाक्वाले पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत ६० वर्षमाथि पुरुष सिंगल्स (भेट्रान) वर्गमा स्वर्ण पदक जितेका छन् ।
फाइनल खेलमा धाक्वाले काठमाडौं वडा २ का अशोक शर्मालाई ११–९, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । धरान वडा १२ का राजन सुब्बा र तानसेन वडा ३ का शेखर श्रेष्ठ संयुक्त तेस्रो बने ।





