
काठमाडौं ।
आयोजक मातृभूमि स्कुल ‘ए’ दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा मातृभूमि ‘ए’ ले काठमाडौं वर्ल्ड स्कुललाई ५७–२९ ले पराजित गर्यो । मातृभूमिका आरभ जोशीले सर्वाधिक १६ अंक जोडे । अर्को लिग खेलमा इनोभेटिभ स्कुलले बौद्ध इन्टरनेसनल स्कुललाई ५१–३९ ले हरायो, जहाँ इनोभेटिभका पृथ्वी डगौराले २७ अंक बनाए ।
गल्र्सतर्फ केएमसी र काष्ठमण्डप सेमिफाइनलमा पुगेका छन् । केएमसीले बौद्ध इन्टरनेसनललाई ३२–२२ ले पराजित गर्दा अकृषा घिमिरेले २४ अंक जोडिन् । काष्ठमण्डपले इनोभेटिभलाई ३६–१५ ले हरायो, जहाँ कस्वीले १३ अंक बनाइन् ।
सेमिफाइनलमा काष्ठमण्डपले बौद्ध चिल्ड्रन हेभेन स्कुलसँग तथा मातृभूमिले चेल्सी वर्ल्ड स्कुलसँग प्रतिस्पर्धा गर्नेछ ।





