सातौँ मेयर कप अन्तरवडा टेबलटेनिस पुस २० देखि



ललितपुर ।
ललितपुर महानगरपालिका वडा नम्बर ६ को आयोजनामा सातौँ मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा कुल १७ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले जानकारी दिए । ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको प्राविधिक प्रमुख निकेश जोशीले बताए ।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू ललितपुर महानगरपालिकाको कनिबहालस्थित कभर्डहलमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्