जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई



काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ का लागि प्रदान गरिने जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माका अनुसार विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईंलाई प्रदान गरिनेछ भने विसं २०८२ को पुरस्कार पवन आलोकलाई अर्पण गरिनेछ ।

रु ५१ हजार नगद राशिसहितको उक्त पुरस्कार आगामी माघ महिनामा आयोजना गरिने विशेष कार्यक्रममा औपचारिक रूपमा प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्