
ललितपुर महानगरपालिका–८ की सुरम्य शाक्यले पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्सतर्फ स्वर्ण पदक जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर–५ की नर्मदा खाइतुलाई ३–१ सेटले पराजित गरिन् ।
स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।





