
दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले गल्र्सतर्फ दोहोरो जित हात पारेको छ ।
चेल्सीले केएमसीलाई ३२–१८ तथा बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले पराजित गर्यो । दुवै खेलमा तेन्जिङ कुसाङ शेर्पाले उल्लेखनीय योगदान गरिन् ।
ब्वाइजतर्फ आयोजक मातृभूमि ‘बी’ र काठमाडौं वर्ल्ड स्कुल विजयी भए ।






