संयोग कपालीलाई यिन्हेको प्रायोजन



चीनको अग्रणी टेबलटेनिस ब्रान्ड यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ ।
नेपालका लागि आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोग कपालीबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार यिन्हेले संयोगलाई तालिम तथा व्यावसायिक विकासका लागि खेल सामग्री र पोशाक उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्