फुटसल : मातृभूमि फाइनलमा



सिनियर ब्वाइज फुटसलतर्फ मातृभूमि फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । फाइनलमा मातृभूमिको भेट वेदव्याससँग हुनेछ ।

जुनियर ब्वाइजतर्फ काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगेका छन् । सिनियर गल्र्सतर्फ रातो बंगला र एभीएम उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्