काष्ठमण्डप र दीक्षालय फाइनलमा



तेस्रो काष्ठमण्डप कप अन्तरगत बास्केटबल गल्र्सतर्फ आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ तथा दीक्षालयले मातृभूमिलाई १९–१३ ले पराजित गर्‍यो ।

ब्वाइजतर्फ टीआईएले बूढानीलकण्ठलाई ४४–२० तथा मातृभूमिले मल्पी सिटीलाई ६०–३७ ले हराउँदै फाइनल स्थान सुरक्षित गरे ।

प्रतिक्रिया दिनुहोस्