
पोखरा
पोखरामा सम्पन्न आइटिएफ जे–३० वर्ल्ड टेनिस टुर सर्किट–२ मा सिभाली गुरुङले सिंगल्स र डबल्स दुवैतर्फ स्वर्ण जित्दै दोहोरो उपाधि हात पारेकी छन्।
यसअघि सर्किट–१ मा पनि दोहोरो स्वर्ण जितेकी सिभालीले दुवै सर्किटमा १४ वर्ष उमेरसमूहमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको टेनिस भविष्य उज्यालो बनाएकी छन्।





