पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि



काठमाडौं
स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ।

पुरुष–महिला सिंगल्ससहित ११ स्पर्धामा ४५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्