
मध्यपुर थिमी
आयोजक मातृभूमिले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ।
ब्वाइजतर्फ मातृभूमि ‘बी’ ले इनोभेटिभलाई ३०–२४ ले हरायो। जितमा प्रयास ढकालले १३ अंक योगदान गरे।
गल्र्सतर्फ मातृभूमिले इनोभेटिभलाई १८–१२ ले पराजित गर्यो। प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ।





