१९ औं भ्याली पब्लिक कप: भ्याली पब्लिक र न्युटन फाइनलमा



आयोजक भ्याली पब्लिक र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।
घरेलु कोर्टमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३३–२३ ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन्। अर्को सेमिफाइनलमा न्युटनले केभीकेएसएसलाई २६–२२ ले पराजित गर्‍यो, जहाँ दिपसइना ठकुरीले १६ अंक बनाइन्।

प्रतिक्रिया दिनुहोस्