
काठमाडौं
काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोंगबुले फुटबल खेलाडी भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ। विद्यालयले स्पोर्ट्स मिट समापन समारोहमा फुटबलमार्फत अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको पहिचान बढाएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरेको हो।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, सञ्चालक समितिका सदस्यद्वय राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी तथा शैक्षिक निर्देशक डा. दीपक गुप्ताले भरतलाई प्रशंसा पत्र र नगद प्रदान गरे।
सो अवसरमा भरतले स्पोर्ट्स मिटमा पदक जित्ने खेलाडीलाई पुरस्कार वितरण पनि गरे। स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेल समावेश थिए।





