एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, विधान संशोधन प्रस्तावमा छलफल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक सम्पन्न भएको छ ।

बन्दसत्रको कार्यसूची निर्धारणका विषयमा केन्द्रित बैठकको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा देखिएको कार्यकर्ताको उल्लेखनीय उपस्थितिले देशमा राजनीतिक दलको औचित्य अझै बलियो रहेको पुष्टि गरेको बताए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत हुने निर्वाचन कार्यतालिका, आचारसंहिता, विधान संशोधन प्रस्ताव तथा समसामयिक राजनीतिक एजेण्डाहरू केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्