
काठमाडौँ ।
दुबईमा सम्पन्न पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा सहभागी नेपाली टोली शनिबार स्वदेश फर्किएको छ ।
कांस्य पदक विजेता रेणु तामाङ र प्रशिक्षक कविराज नेगी लामा स्वदेश फर्किएका हुन् । रेणुले महिला ४७ केजीमुनि तौल समूहमा नेपाललाई कांस्य पदक दिलाएकी थिइन् ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव हेमन्त डाँगी, संघका प्रशासन प्रमुख प्रल्हाद थापा, परिवारजन तथा राष्ट्रिय पारा तेक्वान्दो टिमका खेलाडीहरूले स्वागत गरेका थिए ।





