देशकै पहिलो दृष्टिविहिन चेस प्रतियोगिता सुरु



काठमाडौं ।
“पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२” शुक्रबार नेशनल सहकारी महासंघ, हरिहर भवनमा सुरु भएको छ।
पभिलियन चेस एकेडेमी र नेपाल त्रिविसाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्घाटन जर्मन राजदूत युडो भल्स र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले गरेका हुन्।
छ वटा विद्यालयका ४९ जना दृष्टिविहिन खेलाडी सहभागी प्रतियोगिता स्विस लिग प्रणालीअनुसार छ राउन्डसम्म सञ्चालन हुनेछ।
विशेषज्ञहरूका अनुसार चेस खेल दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य र मानसिक स्थिरता विकासमा अत्यन्त प्रभावकारी मानिन्छ।
प्रतियोगिता उद्घाटनसहित दुई राउन्ड पूरा भएको छ भने बाँकी चार राउन्ड भोलि सञ्चालन हुनेछ। प्रतियोगिताको समापन ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनद्वारा हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्