
दुबई ।
पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक हात पारेकी छन्।
पहिलो खेलमा बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी रेणुले पहिलो राउन्डमा १५–३ र दोस्रोमा १२–० अंक बटुलेकी थिइन्।
तर सेमिफाइनलमा इरानकी जहरा सोल्तानीसामु रेणु ०–२ र ०–१ ले पराजित हुँदै फाइनल प्रवेशबाट वञ्चित भइन्।





