रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पूरा



रुकुमपूर्व ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपूर्वको संयुक्त आयोजनामा हुन लागेको प्रथम खुला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजक अस्मि घर्तीले जनाएकी छन्।
प्रतियोगिता मंसिर २७ गते बिहान १० बजे सिस्ने गाउँपालिका–६ चिउरेनीमा हुनेछ।
देशभरका महिला तथा पुरुष स्केटर सहभागी हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरूले क्रमशः रु १०,०००, रु ७,५०० र रु ५,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
युवा बीच लोकप्रिय स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा व्यवसायिकताको लागि यस्ता प्रतियोगिता आवश्यक रहेको संघका अध्यक्ष अच्युत खनालले बताए।

प्रतिक्रिया दिनुहोस्