
काठमाडौं ।
सीएसडी मुवाँथाईं फाइट टुमा प्रतिस्पर्धा गर्न चार खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ।
डिसेम्बर १६–१७ सम्म चल्ने प्रतियोगितामा जितेन्द्र राई, निपेश ढुंगाना, दावा छिरिङ तामाङ र विशाल लामाले प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा प्रशिक्षक महेश केसी, सहायक प्रशिक्षक लाक्पा तामाङ र रिङ अफिसियल सञ्जय राई रहेका छन्। टोलीलाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिदाइ गरेका हुन्।





