काष्ठमण्डप कपमा आयोजक ‘ए’ टिम क्वार्टरफाइनलमा



काठमाडौं ।
तेस्रो काष्ठमण्डप कपअन्तर्गत गल्र्स बास्केटबलमा आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ।
इम्पिरियल वर्ल्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराउँदै अन्तिम आठमा स्थान बनायो। समूह चरणमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले पाखा लगाएको थियो।
ब्वाइज समूहमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७–२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१–७ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्