
काठमाडौं ।
१९ औँ भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटनले शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
इबीएले फेरिल्यान्डलाई ३०–२१ ले पराजित गर्यो भने दिग्विजय पुरीले १३ अंक योगदान दिए। न्युटनले ओडिसी इन्टरनेसनललाई ३१–२२ ले पाखा लगायो जहाँ दिवस मगरले १६ अंक जोडेन।
जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनल स्कुलले सेबलाई १९–१६ ले हराउँदै अन्तिम आठमा पुगेको छ।

सिनियर ब्वाइजतर्फ जेबी स्कुल, टीआईए र जिनियस वर्ल्डले क्रमशः हेराल्ड, किङडम र डा. मेमोरियललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
त्यस्तै, सिनियर गल्र्स समूहमा न्युटन, साम्तेन र केभीकेएसएसले आफ्नो–आफ्नो खेल जित्दै अन्तिम आठमा प्रवेश गरेका छन्।





