स्वीकृत न्यौपानेले टेबलटेनिसमा रजत पदक हात पाए



काठमाडौं, मंसिर २६ ।
दुबईमा जारी पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ पुरुष सिंगल्स (क्लास–७) मा नेपालका स्वीकृत न्यौपानेले रजत पदक जितेका छन्।
समूह चरणमा काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गर्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेका स्वीकृतले सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।
रजतका लागि प्रतिस्पर्धा गरेका स्वीकृत फाइनलमा चाइनिज ताइपेईका खेलाडीसमक्ष २–३ ले पराजित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्