
काठमाडौँ । एसिसी पुरुष यु–१९ एसिया कप भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुँदैछ।
पहिलो दिन भारत र आयोजक युएईबीच तथा पाकिस्तान र मलेसियाबीच खेल हुनेछ। प्रतियोगितामा सहभागी हुन नेपाली टोली युएई पुगेको छ।
नेपालले पहिलो खेल श्रीलङ्कासँग मङ्सिर २७ गते खेल्नेछ। दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग हुनेछ। सबै खेल सेभेन्स रङ्गशालामा हुनेछ।
आठ टोली सहभागिता रहेको प्रतियोगितामा भारत, पाकिस्तान, युएई र मलेसिया समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल परेका छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधिको खेल पुस ६ गते हुनेछ।
नेपाली टोली:
अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री।





