
भंगालस्थित भ्याली पब्लिक स्कुलमा जारी १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक विद्यालयका तीन टोली बिहीबार क्वाटरफाइनल पुगे।
गल्र्सतर्फ ‘ए’ र ‘बी’ तथा सिनियर ब्वाइजतर्फ ‘ए’ टोली अन्तिम आठमा प्रवेश गरेका हुन्।

गल्र्सतर्फ भ्याली पब्लिक ‘बी’ ले सत्यसाइलाई २१–२० ले झिनो अन्तरमा हरायो। सानीमाया तामाङले १० अंक योगदान गरिन्।
भ्याली पब्लिक ‘ए’ ले दृष्य गुरुङको १० अंक सहयोगमा क्यान्भासलाई २५–१७ ले पराजित गर्यो।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिलालाई ६७–५० ले पाखा लगायो। विजेता पक्षका अशोक विश्वकर्माले ३१ अंक जोडे।
बागमतीले स्कोलर्स होमलाई ४९–३८ ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्यो।
सिनियर गल्र्समा त्रिज्योतिले वेदव्यासलाई २५–१६ ले तथा बागमतीले एन्जल्स हार्ट नेसनल स्कुललाई १९–११ ले हराए।
जुनियर ब्वाइजतर्फ भने भ्याली पब्लिक हारियो। पारामाउन्ट एकेडेमीले २१–१५ ले जित दर्ता गर्दै अन्तिम आठमा स्थान बनायो।





