
तेस्रो काष्ठमण्डप कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा द एक्सेल्सियर स्कुल र मल्पी सिटी बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एक्सेल्सियर गल्र्सतर्फ र मल्पी सिटी ब्वाइजतर्फ वाकओभरका आधारमा क्वाटरफाइनल पुगे।
गल्र्समा मातृभूमिले टीआईएलाई १२–४ ले र दीक्षालय नेपालले ह्वाइटफिल्डलाई १९–१० ले हराउँदै अन्तिम आठमा स्थान बनाए।
ब्वाइजमा ह्वाइटफिल्डले मातृभूमिलाई ३१–९ र रिलायन्स को–एडले दीक्षालय नेपाललाई १९–१८ ले पाखा लगाएका छन्।
फुटसलतर्फ:
– सिनियर ब्वाइजमा काष्ठमण्डप ‘बी’ ले मल्पी सिटीलाई ७–० ले हरायो।
– वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई २–१ तथा मातृभूमिले मल्पी सिटीलाई ३–० ले पराजित गरे।
– वेदव्यास र मातृभूमिबीचको खेल गोलरहित बराबरीमा सकियो।
– एक्सेल्सियर र विल्सन एकेडेमी वाकओभरबाट अघि बढे।
गल्र्सतर्फ वेदव्यासले काष्ठमण्डप ‘बी’ लाई ६–० र पुष्पाञ्जलीले २–० ले हराए। दुवैबीचको खेल गोलरहित बराबरीमा सकियो।
जुनियर ब्वाइजमा पुष्पाञ्जलीले काष्ठमण्डप ‘बी’ लाई २–०, एक्सेल्सियरलाई २–१ तथा एक्सेल्सियरले काष्ठमण्डप ‘बी’ लाई ४–० ले पराजित गरे।





