लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण



सिरहा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच–पाँच थान कम्प्युटर र प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ।

सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार आयोजित कार्यक्रममार्फत उक्त सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो। हेल्भेटासकी स्थानीय प्रतिनिधि श्रद्धा श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई उपकरणहरू बुझाइन्।

यसअघि स्वास्थ्य क्षेत्रमा सक्रिय आसमान नेपालले कम्प्युटर, प्रिन्टर, दराज, टेबल र पंखासहितका सामग्री नगरपालिकालाई सहयोग गरिसकेको छ। त्यस्तै, प्यासन सिरहा, कार्नीभल सिनेमा हल तथा अन्य स्थानीय संघ–संस्थाले पनि डेस्कटप कम्प्युटर, ल्यापटप, प्रिन्टर र फर्निचर उपलब्ध गराएका थिए।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका नगर कार्यपालिका भवन र उपकरणको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न संस्थाहरू सहयोगमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्