विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका चन्द्र थापा मगरको ऐतिहासिक कांस्य, उप्रेतीको उत्कृष्ट प्रदर्शन



काठमाडौं, मंसिर २४ गते (2025 डिसेम्बर 10)
आईबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले अभूतपूर्व सफलता हात पार्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा आफ्नो उपस्थिति सबल बनाएको छ।

५४ केजी तौलसमूहका चन्द्र थापा मगरले आज इरानी प्रतिद्वन्द्वीलाई एकमत निर्णयमा (Unanimous Decision) पराजित गर्दै ऐतिहासिक रूपमा कांस्य पदक सुनिश्चित गरेका छन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका खेलाडीलाई हराउँदै क्वाटरफाइनल सम्म यात्रा तय गरेका थिए। कांस्यसँगै उनले ७५ हजार अमेरिकी डलर बराबरको पुरस्कार रकम पक्का गरेका छन्।

अब सेमीफाइनलमा उनले काजाκस्तानका बक्सरसँग प्रतिस्पर्धा गर्नेछन्। यदि उनले सेमीफाइनल जित हात पारे, पुरस्कार रकम १ लाख ५० हजार अमेरिकी डलर पुग्नेछ, जसले नेपाली बक्सिङको इतिहासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस्तै, ४८ केजी तौलसमूहका लाल बहादुर उप्रेतीले पनि प्रतियोगितामा प्रशंसनीय प्रदर्शन गरे। उनले इथोपिया र माल्दोभाका प्रतिस्पर्धीलाई पराजित गर्दै क्वाटरफाइनल सम्म पुगेका थिए। तर क्वाटरफाइनलमा काजाκस्तानका बक्सरसँग पराजित भएपछि उप्रेती प्रतियोगिताबाट बाहिरिए। यद्यपि, उनले १० हजार अमेरिकी डलर पुरस्कार सुरक्षित गर्न सफल भए।

दुवै खेलाडीको साहस, तकनीक र जुझारूपनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठालाई थप मजबुत बनाएको छ।

अब समग्र राष्ट्र भोलिको सेमीफाइनलमा चन्द्र थापा मगरको उत्कृष्ट प्रदर्शनको प्रतीक्षा गर्दै उत्साहित छ।

सेमीफाइनलका लागि चन्द्रलाई शुभकामना!
नेपाल बक्सिङ — नयाँ इतिहासको ढोकामा! 🇳🇵🥊

प्रतिक्रिया दिनुहोस्