
काठमाडौं ।
१९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वार्टरफाइनल चरणको पूरा समीकरण बनेको छ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले रेडियन्ट, बागमतीले स्कोलर्स होम, टीआईएले किङडम हिमालय र हेराल्डले जेबी स्कुलसँग प्रतिस्पर्धा गर्नेछन्।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ vs क्यान्भास, बागमती vs एन्जल्स नेसनल, हिमशिला vs केभीकेएसएस, त्रिज्योति vs विद्या विकास, साम्तेन vs सेब, फेरिल्यान्ड vs इबीए, न्युटन vs जेबी स्कुल र भ्याली पब्लिक ‘बी’ vs सत्यसाइ हुनेछन्।
जुनियर ब्वाइजमा त्रिज्योति vs गण्डकी, इबीए vs फेरिल्यान्ड, ग्रिनफिल्ड vs सेब, गोल्डेनपिक vs किङडम, ओडिसी vs न्युटन, एन्जल्स हार्ट vs बीएनए, लालीगुराँस नेसनल एकेडेमी vs तेजस्वी र पारामाउन्ट vs भ्याली पब्लिक हुनेछन्।





