तेस्रो काष्ठमण्डप कप सुरु




काठमाडौं ।
काष्ठमण्डप विद्यालयको आयोजनामा तेस्रो काष्ठमण्डप कप बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन विद्यालयकी संस्थापक तथा निर्देशक डा. शिवा थापाले एक समारोहमार्फत गरिन्।
फुटसलतर्फ सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं मेरिडियनलाई २–१ तथा काष्ठमण्डप ‘बी’ ले मेरिडियनलाई २–० ले पराजित गर्‍यो। जुनियर ब्वाइजमा मातृभूमिले अनमोल ज्योतिलाई ३–२ र लिटिल वन्डरले अनमोल ज्योतिलाई ३–२ ले हराए।
सिनियर गल्र्समा ग्यालेक्सी पब्लिकले न्यु मिलिनियमलाई ४–१ ले पराजित गर्‍यो।
बास्केटबलतर्फ ब्वाइजमा टीआईएले मातृभूमिलाई ४६–३५, कान्तिपुरले अध्ययनलाई ३२–१० र मल्पी सिटीले काष्ठमण्डप ‘ए’ लाई २४–१४ ले हराए। गल्र्सतर्फ काष्ठमण्डप ‘ए’ ले मातृभूमिलाई १२–११, काठमाडौं मेरिडियनले लिटिल वन्डरलाई १२–४ र द एक्सेल्सियरले संस्कृति इन्टरनेसनललाई १८–८ ले हराए।

प्रतिक्रिया दिनुहोस्