न्युटन सेमिफाइनलमा




काठमाडौं ।
प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा न्युटन बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित गर्न सफल भयो। खेलमा युनिक कार्कीले १० अंक जोडे।
अन्य क्वार्टरफाइनलमा केभीसीले एन्जल्स हार्टलाई ३३–२२, टीआईएले हेम्सलाई ४७–२८ र रेडियन्टले मेगसलाई २८–२२ ले हराउँदै अन्तिम चारमा स्थान बनाए। सेमिफाइनलमा रेडियन्ट र केभीसी आमनेसामने हुने छन् भने न्युटनले टीआईएसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्