पावरलिफ्टिङका पदक विजेता खेलाडी सम्मानित




काठमाडौं, मंसिर २४ ।
श्रीलंकाको कोलम्बोमा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनशिपका पदक विजेता नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक समारोहमार्फत नगदसहित सम्मान गरेका छन्। मंसिर १२ देखि १४ गतेसम्म आयोजित प्रतियोगितामा नेपालले २६ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो। सम्मान कार्यक्रम संघका अध्यक्ष सुन्दर भुषालको अध्यक्षतामा सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस्